साझेदारी गर्नुहोस्

साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१५ प्रतिशत अर्थात ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ३६४.८१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।