साझेदारी गर्नुहोस्

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ । बच्चनले आफ्नाे आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । ७७ वर्षका उनी उपचारका लागि मुम्बईकाे नानावती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् । उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन आग्रह गरेका छन् ।