साझेदारी गर्नुहोस्

खानेपानी मन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले सो कुरा बताउनुभएको हो । उहाँले खानेपानीको विकल्प पनि सरकारले सोचिसकेको बताउनुभयो ।

मन्त्री राईले बाढीको मात्रा बढने बित्तिकै मेलम्चीको पानी काठमाडौं ल्याउने कुरा सम्भव नहुने अवस्था रहेको तथ्य पनि स्मरण गराउनु भयो । उहाँले खानेपानीको अभाव हुन सरकारले नदिने गरी योजना बनाएको दाबी पनि गर्नुभयो । मन्त्री राईले भन्नुभयो, ‘मेलम्ची खानेपानीको सुरुङ बन्द गर्ने हल्ला छ । त्यो चाहीँ बाढीको कारणले गर्दाखेरी हिलो आउने, अनि भत्किने कारणबाट अहिले ठूलो बाढी नआएकाले यसलाई बन्द गरिएको छैन । केही समयपछि बन्द हुने कुरा पनि छ । त्यसपछि त्यहाँको पानीको समस्या समाधान गर्नका लागि हामीले अन्य विकल्पहरु पनि सोचिएको कुरा म तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।’