साझेदारी गर्नुहोस्

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा अस्ट्रेलियामाथि अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । आइतबार बिहान भएको खेलमा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले अस्ट्रेलियालाई १९.२ ओभरमा अलआउट गर्दै २१ रनको जित निकालेको हो ।

सुरुमा ब्याटिङ गरेको अफगानिस्तनका लागि रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले अर्धशतक बनाए। ४९ बल खेलेका गुरबाजले चार-चार चौका र छक्का प्रहार गर्दै ६० रन बनाए। अर्का ओपनर जाद्रानले ४८ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाएका हुन्। उसका लागि करिम जनातले १३ रन जोड्दा मोहम्मद नाबीले नटआउट १० रन बनाए। अफगानिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो।