साझेदारी गर्नुहोस्

जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘एफ’ को खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम १६ मा पुगेको हो ।

पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । खेलको २१औँ मिनेटमा सिल्भाले पोर्चुगलका लागि सुरुवाती गोल गरेका थिए । त्यसपछि २८औँ मिनेटमा टर्कीका डिफेन्डर समेट अकायदिनले आत्मघाती गोल गरेपछि पोर्चुगल २–० गोलले अगाडि बढ्यो । यस्तै, ५५औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई ३–० गोलको सानदार जित दिलाए ।