साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बतउनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो ।

सांसद पौडेलले आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा कांग्रेस बढी लोकतान्त्रिक रहेको बताउनुभयो । उहाँले नयाँ आएको राजनीतिक दल आन्तरिक लोकतन्त्र विकसित गर्ने नभइ आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जिकिर गर्नुभयो ।

उहाँले नयाँ आएको राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको बताउनुभयो । सांसद पौडेलले सम्पूर्ण रुपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पञ्जाभित्र नयाँ पार्टी रहेको बताउनुभयो । नेतृत्वले नियन्त्रण गरेको पार्टी कांग्रेस हुनु नहुने पनि बताउनुभयो । कांग्रेसले आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुनेगरी आफूलाई अघि बढाउन सक्नुपर्ने बताउनुभयो ।