साझेदारी गर्नुहोस्

गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘पुजार सार्की’ संयुक्त अधिराज्य (युके)मा रिलिज भएको छ। जुन २१ शुक्रवार रिलिज भएको यो चलचित्र युकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा रिलिज भएको हो।

युकेका सहरहरू बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, इलफोर्ड, फेल्दम लगायतका ओडियन र सिनेवर्ल्ड हलमा दैनिक रूपमा ‘पुजार सार्की’ हेर्न सकिन्छ। यसरी बक्स अफिसमा नै संसारभरका चलचित्रहरू सँगै युकेमा नेपाली चलचित्र रिलिज कमै हुने गरेका छन् ।