साझेदारी गर्नुहोस्

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सवल र दुर्वल पक्ष दुवै पक्ष रहेको प्रतिक्रिया दिनुभएको छ । शुत्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे वार्षिकोत्सवको अवसरमा गरिएको चियापान कार्यक्रममा सहभागिपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।

नेता खनालले नेपालका हरेक राजनीतिक पार्टीका सबल र दुर्बल दुवै पक्ष रहेको भन्दै रास्वपाको पनि त्यस्तै रहेको बताउनुभयो । उहाँले रास्वपाले अब देशभक्तिपूर्ण, मुलुकमा आमूल परिवर्तनको पक्षमा काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘दुई वर्षको समिक्षाको जिम्मा रास्वपालाई नै दिनुस् । रास्वपाले राम्रो र देशभक्तिपूर्ण काम गरोस् । मुलुकको आमूल परिवर्तनको निम्ति काम गरोस् । शिक्षा, स्वास्थ्य र कृृषिलाई प्राथमिकता दिएर काम गरोस् । हरेक राजनीतिक पार्टीका सबल र दुर्बल पक्षहरु छन् । उहाँहरुको पनि त्यस्तै छ ।’