साझेदारी गर्नुहोस्

प्राइम भिडियो सिरिज ‘पञ्चायत’को सिजन ३ अहिले स्ट्रिमिङ भइरहेको छ । ‘पञ्चायत’का अघिल्ला दुईवटै सिजनलाई दर्शकहरुले निकै रुचाएका थिए । पञ्चायत सिजन ३ मे २८ मा विश्वव्यापी रूपमा प्रिमियर भएसँगै यसको चर्चा चुलिएको छ । स्ट्रिमिङ सुरु भएको १४ दिनमा प्राइम भिडियोमा यो सबैभन्दा धेरै हेरिएको भारतीय सिरिज बनेको छ । सन् २०२० यसको पहिलो सिजन प्राइम भिडियोमा रिलिज भएसँगै दर्शकको रोजाइमा परेको थियो ।