साझेदारी गर्नुहोस्

युरो कप-२०२४ अन्तगत समुह चरणको आफ्नो पहिलो खेलमा बेल्जियमले अप्रत्याशित हार बेहोरेको छ । युरो कपको दाबेदार मानिएको बेल्जियम आफ्नो पहिलो खेलमा स्लोभाकियासँग हारेकाे हो । सोमबार राति भएको खेलमा टोली स्लोभाकियासँग ०–१ गोलले पराजित हुन पुग्यो ।
खेलको सातौं मिनेटमा इभान सरान्जले गरेको एक मात्र गोल निर्णायक बन्यो । बेल्जियमले खेलमा फर्कने थुप्रै प्रयास गरे पनि सफल हुन सकेन ।
जितपछि ३ अङ्क बटुलेको स्लोभाकिया समूह ई को दोस्रो स्थानमा छ । गोलअन्तरको आधारमा रोमानिया समूहको शीर्ष स्थानमा छ ।