साझेदारी गर्नुहोस्

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ। बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेटमय बनेको थियो। अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालको उपस्थितलाई आम नेपालीसँगै विश्व क्रिकेटले महत्त्वका साथ हेरेको छ। पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ। १० वर्षअघि विश्वकप टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीमध्ये अहिले सोमपाल कामीबाहेक सबै नयाँ छन्।

नेपालले पहिलो खेल मंगलबार राति ९:१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ। नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ।