साझेदारी गर्नुहोस्

मिथुन : सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

 

कर्कट : धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले काम पूरा गर्न समस्या पर्नेछ। नियमित काम बीचमा राेक्नुपर्ने स्थिति आउन सक्छ। आफन्त र परिवारबाट टाढा भइनेछ। साथीभाइसँग असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।

 

सिंह : दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।

 

कन्या : बौद्धिक व्यक्तिसँगको भेट फलदायी हुनेछ। राजनीतिक क्षेत्रमा धोका हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 

तुला : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले काम गर्नु अगाडि सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा झगडा हुनसक्छ। परिवारको भने साथ मिल्नेछ।

 

वृश्चिक : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खर्च बढ्ने भएकाले सचेत हुनु राम्रो हुनेछ। आफ्नै मित्रले असहयोग गर्ने देखिन्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

 

धनु : दिन राम्रो छ। श्रम लगानीका क्षेत्रबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ।

 

मकर : स्वास्थ्यमा सुधार हुनेछ। खर्च बढ्ने जोखिम रहेको छ। लगानीको क्षेत्रमा आफू अगाडि बढ्नु भन्दा परिवारका सदस्यमार्फत् गर्नु राम्रो हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा उत्साह बढ्नेछ। परिवारमा भने समस्या हुनसक्छ।

 

कुम्भ : भएको धनको संरक्षण गर्नुपर्ने दिन छ। लगानी फस्ने भएकाले सचेत हुनुपर्छ। परिवारमा शंका र उपशंका बढ्ने देखिन्छ। अप्ठेरो समयमा साथीको सहयोग मिल्नेछ।

 

मीन : धन र मान जोगाउनु राम्रो हुनेछ। असहयोग र अशान्तिले मन दुःखी हुनसक्छ। दान गरेमा फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।