नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरूप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ । । आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन् ।
‘कि प्रधानमन्त्रीले वन गर्नुस् (स्वामित्व लिनुस्) । होइन भने सदनबाट हटाउन भन्नुस्’ थापाले भने, ‘होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । यही सदनमा लिइन्छ ।’
यही जेठ ६ गतेको प्रतिनिधि सभाको बैठकमा थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए । संसद बैठक लगत्तै थापाले पत्रकार सम्मेलन गरी त्यसको प्रमाण देखाउन चुनौती दिएका थिए ।सांसद थापाले गृहमन्त्रीले नै संसदभित्रै सूचना बेच्ने मान्छे भएको जानकारी गराएको भन्दै छ भने देशद्रोहको मुद्दा लगाउनुपर्ने बताए।