साझेदारी गर्नुहोस्

दीपक–दीपाको टिमले ‘छक्का पञ्जा– ५’ छायांकन सुरु भएको छ । सुपरहिट फिल्मको पाँचौ श्रृखंलामा नायिका वर्षा सिवाकोटी अनुबन्ध भएको जानकारी दिँदै टिम छायांकनमा निस्किएको हो । दीपकराजका अनुसार टिमले यो पटक राजनीतिबाट टाढा रहेर सामाजिक कथामा फिल्म बनाउन लागेको छ ।। 

यो फिल्म काठमाडौं र पोखराका विभिन्न स्थानमा छायांकन गरिने बताइएको छ । फिल्ममा अहिलेसम्म दीपकराज, केदार घिमिरे र सिवाकोटी पक्का भएका छन् । अन्य कलाकारका बारेमा निर्माण पक्षले केही समयपछि जानकारी दिने बुझिएको छ ।