साझेदारी गर्नुहोस्

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा ‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गर्ने बोर्ड अध्यक्ष भुवन केसीले बताए । ‘सबै संघसंस्था त्यो नाममा सहमत छन् । बोर्ड बैठकले निर्णय गरेर यसलाई मन्त्रालयमा पठाउनेछ,’ केसीले भने ।