प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दुई महिनादेखिको अवरोध आजै बेलुका वा भोलिसम्ममा अन्त्य हुने बताएका छन् ।
आइतबार आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै संसद्मा रहेको अवरोधबारे प्रतिपक्षीसँग निरन्तर छलफल भइरहेकाले निष्कर्ष निस्किन लागेको बताएका छन् । आजै पनि आफूले संसद्मा जारी रहेको अवरोध हटाउन संवाद गरेको पनि दाहालले बताएका छन् ।