प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले आज दिउँसो २ बजे भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।