सात चरणमा हुन लागेको भारत लोकसभाको छैठौं चरणको मतदान शनिबार सुरु भएको छ । पाँच चरणको चुनाव सम्पन्न भएको भारतमा शनिबार दिल्लीसहित ६ राज्यमा मतदान सुरु भएको हो ।
शनिबार छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि नयाँ दिल्ली, बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालका ५७ सिटमा मतदान सुरु भएको हो । यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४, चौथो चरणमा १० राज्यका ९६ सिट र पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान भएको थियो।