सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग आइपिएलको फाइनल प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयललाई ३६ रनले हराउँदै हैदरावाद फाईनल प्रवेश गरेको हो । अब फाईनलमा उसले कोलकाता नाईटराईडर्ससँ खेल्नेछ ।
सनराइजर्स हैदरावादले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थान निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएपछि ३६ रनले पराजित भएको हो।
अब हैदरावदले उपाधिका लागि कोलकाता नाइट राइडर्सको सामना गर्ने भएको छ। मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगिसकेको छ। यी दुई टोलीबीचको फाइनल खेल आइतबार चेन्नईमा हुने छ।