साझेदारी गर्नुहोस्

कोलकाता नाइट राईडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश गरेको हो ।

मंगलबार राति भएको खेलमा हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकताले १३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। कोलकाताको जितमा वेंकटेस अय्यर र श्रेयस अय्यरले अर्धशतक बनाए। वेंकटेसले २८ बलमा ५ चौका र ४ छक्काको सहयोगमा नटआउट ५१ रन बनाए।

कप्तान श्रेयसले २४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा नटआउट ५८ रन बनाए। तेस्रो विकेटका लागि दुवै अय्यरले ४४ बलमा ९७ रनको नटआउट साझेदारी गरे। ओपनर रहमानुल्लाह गुर्वाजले १४ बलमा २३ तथा अर्का ओपनर सुनिल नारेनले १६ बलमा २१ रन बनाए। हैदरावादका लागि कप्तान प्याट कमिन्स र टी नटराजनले समान १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १९ दशमलब ३ ओभरमा अल आउट हुँदै १५९ रन मात्र बनाएको थियो। उसका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ र हेनरिक क्लासेनले ३२ रन जोडे ।

हैदराबादले बुधबार हुने इलिमिनेट खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरी खेल्नेछ। बुधबार इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र राजस्थान रोयल्स भीड्दैछन् ।