साझेदारी गर्नुहोस्

इरानका राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिराब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।इरानको पूर्वी अजरबैजानमा भएको हेलिकप्टर दुर्घटनामा परेर इरानी राष्ट्रपतिको निधन भएको पुष्टि भएको हो । राष्ट्रपति रईसी, होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सहित ९ जना सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो ।

जसमा उनीहरुको मृत्यु भएको पुष्टि भएको हो ।दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको बताइएको छ ।vसरकारी टेलिभिजनका अनुसार राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटनामा परेको हो । मौसम र भौगोलिक जटिलताका कारण खोज र उद्धार टोली दुर्घटनास्थल सम्म पुग्न निकै सकस परेको थियो ।

६३ वर्षीय रईसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए ।