प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो भने सोही दिन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।