साझेदारी गर्नुहोस्

म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ। सिटीले यो उपाधि जित्ने क्रममा विश्व फुटबलमै दुर्लभ इतिहास बनाएको छ। घरेलुु मैदान इतिहादमा आइतबार राति भएको जारी सिजनको अन्तिम अर्थात् निर्णायक खेलमा टोली वेस्टह्याम युनाइटेडलाई ३-१ गोल ले हराउँदै सिटीले दुर्लभ इतिहास बनाएको हो। इङ्लिस फुटबलको १३६ वर्षको इतिहासमा सिटीले पहिलोपटक पटक लगातार चौथोपटक उपाधि जितेर दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएको हो ।