साझेदारी गर्नुहोस्

काठमाडौं । लामो समयदेखि सौन्दर्यक्षेत्रमा चर्चा कमाउदै आएका सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेको आफ्नो ईभेन्ट कम्पनी दक्ष ईन्टरनेशनलको आयोजनामा हुन लागेको ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करणको पहिलो ग्राण्ड अडिसन राजधानीमा सम्पन्न भएको छ ।

नयाँ बानेश्वर स्थित एलिनाज क्याफेमा सम्पन्न पहिलो अडिसनबाट दुई दर्जन सहभागी तालिमका लागि छनौट भएका छन । लोकप्रिय अभिनेता सरोज खनाल, अभिनेत्री रेजिना उप्रेती, चलचित्रकर्मी एवं निर्माता गोपालकाजी कायस्थ,हांस्य कलाकार हरिश निरौला ‘कक्रोच’,नायक एवं बैंकर तेज गिरी र मिसेस व्यूटिफुल नेपाल २०२३ कि विजेता उषा हमाल निणार्यक मण्डल रहेका टिमले मिसेस तथा मिस तर्फका करिब दुई दर्जन सहभागीहरुको छनौट गरेको थियो । पूर्वमन्त्री परशुराम तामाङ्गको विशेष आतिथ्यतामा उक्त छनौट प्रक्रिया सम्पन्न भएको थियो ।


विगत लामो समयदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको दक्ष ईन्टरनेशनलका प्रमुख समेत रहेका मेकअप आर्टिष्ट टेकराज पाण्डेका अनुसार विगत भन्दा यस वर्ष प्रतियोगितलाई फरक ढंगले आयोजना गरिने र कार्यक्रममा सहभागी हुन ईच्छुक सहभागीहरुको माग अनुसार अर्को साता जेष्ठ १८ गते  समेत दोश्रो अडिसन राखिन लागेको कुरा बताउनुभयो ।
उपत्यका लगायत मोफसलबाट छनौट प्रक्रियामा समावेश भएका प्रतिस्पर्धीहरू मध्येबाट छनौट भएका प्रतियोगीहरुलाई करिब १ महिनाको विभिन्न प्रशिक्षण दिईने जानकारी कार्यक्रम व्यबस्थापक एवं सौन्दर्यकर्मी गिता उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिस्पर्धीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरूको आन्तरिक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । देशभरबाटै मिस र मिसेस ब्युटिफुल नेपालको अडिसनमा  सहभागी हुन चाहनेले संस्थामा सम्पर्क गर्न सक्नुहुनेछ ।