युवा गायक एवं संगीत संयोजक कुन्साङ दोर्जे लोप्चन चौथो हिमालयन इन्टरनेशनल एवार्डबाट सम्मानित भएका छन् । वैशाख २५ गते काठमाडौँको लिसारा बैंकुटमा भएको एक कार्यक्रममा उनी सम्मानित भएका हुन् ।
विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले आयोजना गरेको उक्त एवार्ड सेरेमोनिमा नेपाल सरकारका रक्षा मन्त्री माननिय हरि प्रसाद उप्रेती वरिष्ठ कलाकार बसुन्धरा भुसाल लगायतका व्यक्तित्वहरुले उनलाई एवार्ड प्रदान गरे ।
नेपाली कला, संस्कृति, चलचित्र र गीत/ संगीत क्षेत्रको उन्नयन र प्रवर्द्धनमा योगदान दिएको भन्दै लोप्चनलाई चौथो हिमालयन इन्टरनेशनल अवार्ड-२०८० मार्फत सम्मान गरिएको हो ।
कुन्साङ संगै वरिष्ठ गायक शिशिर योगी, गीतकार कृष्णहरि बराल, कलाकार सागर लम्साल (बले) चर्चित गायिका रचना रिमाल, गायक रमेश पाठक, कलाकार कृष्ण सिवाकोटी (किस्ने) , रश्मि पाण्डे (माकुरी ) लगायतले उक्त एवार्ड प्राप्त गरे ।