साझेदारी गर्नुहोस्

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताउनुभएको हो ।

गृहमन्त्री लामिछानेले सबै मन्त्रालयले नयाँ कुराहरु लिएर आएको भन्दै गृह मन्त्रालय अन्तर्गत प्रहरी कर्मचारीको निवृत्तिको समयलाई पुनरावलोकन गर्ने र बढुवा अनुमानयोग्य बनाउने कुरा नयाँ भएको बताउनुभयो । उहाँले खुला कारागारको कुरा पनि नयाँ भएको बताउनुभयो । गृहमन्त्री लामिछानेले नीति तथा कार्याक्रम कार्यान्वयनमा गएपछि मात्रै थप भन्न सकिने प्रतिक्रिया दिनुभयो ।संसदको रमिता कहिले हट्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लामिछानेले कांग्रेसलाई सोध्नुपर्छ भन्ने जवाफ दिनुभयो ।