साझेदारी गर्नुहोस्

भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा ७४ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हिजो अपराह्न वर्षासँगै आएको हावाहुरी र आँधीका कारण १७ हजार ४० वर्गफिटको उक्त होर्डिन बोर्ड खसेको थियो । होर्डिङ बोर्ड ७० मिटर लम्बाइ र ५० मिटर चौँडाइको थियो । उक्त बोर्ड वर्षा र हावाहुरी चलिरहेको अवस्थामा पेट्रोल स्टेनमा ओत लागेर बसेका मानिसहरुमाथि खसेको थियो ।