साझेदारी गर्नुहोस्

मेष : दिन राम्रो छ। तपाईंको बोलीले धेरै मानिसलाई सहयोग पुग्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुने दिन छ। सूर्यलाई पानी चढाएमा ग्रहले साथ दिनेछन्।

वृष : बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर समेत प्राप्त हुनेछ।

मिथुन : नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

कर्कट : आम्दानी मनग्य हुनेछ तर फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। काम गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

सिंह : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। यस्तो भेट फलदायी हुँदा मन खुशी हुनेछ। सामाजिक संस्थाबाट सम्मान प्राप्त हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : परिवारमा माया गरेका मान्छेले धोका दिनेछन्। गलत खानपान भएका साथीसँगको भेटले मन अशान्त बन्नेछ। स्वास्थयमा सुधार हुनेछ। बिहान काममा धेरै अवरोध भए पनि दिउँसोपछि केही महत्त्वपूर्ण काम बन्नेछन्।

तुला : नयाँ ठाउँको यात्रा रमाइलो हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। आम्दानी राम्रो हुने दिन छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको सुझाव अनुसार गरेको काम सफल बन्नेछ।

वृश्चिक : आफूले आफ्नो ख्याल नगर्दा रोगले दुःख दिने जोखिम देखिन्छ। भएको जोगाएर लगानी गरे फाइदा हुनेछ। लगानी गर्न आज आफू अगाडि नबढ्दा राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

धनु : आफ्नो हितका लागि संघर्ष गर्नुपर्ने दिन छ। संघर्ष सफल बन्नेछ। लगानी गरेकोमध्ये शिक्षा क्षेत्रबाट प्रगति हुने योग छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा सम्मान बढ्ने देखिन्छ।

मकर : आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ। परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ।

कुम्भ : तपाईंले गरेको राम्रो कामको जस अर्को व्यक्तिले लिने गर्छन्। नगरेको बदमासीको दोष आइलाग्न सक्छ। आज लगानीको क्षेत्रमा पैसा नलगाउनु राम्रो हुन्छ। परिवारभित्र भन्दा अपरिचित व्यक्तिले प्रशंसा गर्नेछन्।

मीन : खर्च बढ्ने योग छ। बिहानै अन्न दान गरेमा फाइदा हुनेछ। माता-पिताको आर्शिवाद लिएर अगाडि बढेमा सोचेको काम बन्दै जानेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।