साझेदारी गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्ने बताएका छन् । सहकारी काण्डमा मुछिएको कुरा छताछुल्ल भएपछि पनि गृहमन्त्री रवि लामिछाने साखिलो भएर बस्न नहुने बताए ।

उनले कुनै पनि संसद् कुनै घटनामा मुछिएपछि समिति बनेर छानबिन भएको घटना सम्झँदै गृहमन्त्रीमाथि पनि संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको अडानमा आफूहरूको साथ रहेको प्रस्ट पारे ।