साझेदारी गर्नुहोस्

इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्सले चेन्नइ सुपर किंग्सलाई पराजित गरेको छ ।शुक्रबार राति भएको खेलमा ओपनर कप्तान शुभमन गिल र साई सुदर्शनको शतकीय मद्दतमा गुजरातले चेन्नईलाई ३५ रनले हराएको हो ।

१३२ रनको लक्ष्य पछ्याएको चेन्नइले ८ विकेटको क्षतिमा १९६ रन मात्रै बनायो । चेन्नइका ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाए भने मोइन अलिले ५६, महेन्द्र सिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए ।आठौं नम्बरका ब्याटर धोनीले ११ बलमा २६ रन हानेपनि हार टरेन ।गुजरातका मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले समान एक-एक विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिल र सुर्शनको दुई शतकको मद्दतमा ३ विकेटको क्षतिमा २३१ रन बनाएको थियो । गिलले ५५ बलमा ९ चौका र ६ छक्कासहित १०४ रन बनाए भने सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १०३ रन बनाए । डेविड मिलरले १६ रन थपे ।

चेन्नइका तुशार देशपाण्डेले २ विकेट लिए । यो जितसँगै गुजरात १० अंकसहित आठौ स्थानमा छ भने चेन्नइ १२ अंकका साथ चौथो स्थानमा छ ।