साझेदारी गर्नुहोस्

गीतकार रमा थापाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायरमा एक कार्यक्रम गरि उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ कलाकार शिवहरी नेपाल (बैरागी), नरेन्द्र थापा, लगायतका व्यक्तित्वहरुको उपस्थितमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । रमा थपाको गीतमा कलाकार सोनित राज ढुंगेल र प्रतीक्षा काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन्। ‘माया गर्यौ´बोलको गीतलाई रमा थापा (आर जे फिल्म) युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएको गीतको भिडियोमा सोनितराज ढुंगेल, प्रतीक्षा काफ्लेका साथै हरि ठकुरी, बिमल उप्रेती, कुमार चौलागाईं, अपेक्षा नगरकोटी लगायतको अभिनय रहेको छ । गीतले पारिवारिक सम्बन्धमा आएको दरार र त्यसले पारेको असर संगै गलत बुझाइबाट भएको फूटको फाइदा बाहिरी व्यक्तिले कसरी उठाउछ भन्ने देखाएको छ ।

पति र पत्नी बिचको बिग्रेको सम्बन्धका कारण सन्तान माथी पर्ने असरको तितोपनलाई गीतको भिडियोमा देखाउन खोजिएको छ भने अन्तिममा सबै भ्रम हटेको समेत देखाइएको छ। रमा थापाको शब्द रहेको गीतलाई गायक किरण भुजेल र अनु चौधरीले आवाज दिएका छन् । जसमा ए डि बिको संगीत रहेको छ ।राजेन्द्र लुइँटेल(राज)को निर्देशनमा तयार भएको गीतमा रबिराज गुप्ताको सम्पादन र छायांकन रहेको छ।