राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा आज सुनुवाइका लागि पेसी तोकिएको छ । सुनुवाइका लागि पटक पटक पेसी तोकिए पनि यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ ।
यसअघि वैशाख १६ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो । यस्तै, वैशाख १० गते न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।