साझेदारी गर्नुहोस्

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक वदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै आज राती सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु–भागमा आंशिकदेखि साधारणतया वदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।