साझेदारी गर्नुहोस्

नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि देशभरको इन्टरनेट सेवामा समस्या देखिएको छ ।

इन्टरनेट सेवाप्रदायक कम्पनीका सञ्चालकहरूले भारतीय दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई दिइरहेको ब्यान्डविथ आपूर्ति रोकिदिएपछि समस्या भएको बताएका छन् । अहिले नेपालका अधिकांश स्थानमा इन्टरनेट सेवामा समस्या देखिएको छ, केही स्थानमा इन्टरनेट पूरै ठप्प भएको छ। धेरै ग्राहक रहेका वर्ल्ड लिङ्क र सुविसुसहितका आईएसपीका ग्राहकहरूले इन्टनरनेट रोकिएपछि सामाजिक सञ्जालमा सोधीखोजी गरिरहेका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का एकजना पदाधिकारीले खबरहबलाई बताएअनुसार भारतबाटै एयरटेलले ब्यान्डविथ आपूर्ति बन्द गरिदिएपछि समस्या आएको हो ।