साझेदारी गर्नुहोस्

ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ ।

गत मंगलबार आगो निभाउने क्रममा स्थानीय रमेश पहरी घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । यस्तै आगो निभाउने क्रममा नै स्थानीय शंकर पहरीको मंगलबार मृत्यु भएको थियो । वनमा लागेको डढेलो अझै नियन्त्रणमा नआएको जनाइएको छ । केही दिन अघिदेखि ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा लागेको डढेलो आनन्द वनमा समेत फैलिएको छ ।