साझेदारी गर्नुहोस्

नेपाल र वेस्ट इन्डिज बीच जारी पाँच खेलको टी-२० सिरिजअन्तर्गत आज (बुधबार) तेस्रो खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

पाँच खेलको सिरिजमा १र१ को बराबरी गरेका घरेलु टोली नेपाल र पाहुना टोली वेस्ट इन्डिज दुवै टोली सिरिजमा अग्रता बनाउने प्रयासमा हुनेछन् ।

सिरिजको पहिलो खेलमा ४ विकेटले विजयी नेपाल दोस्रो खेलमा भने वेस्ट इन्डिजसँग १० रनले हारेको थियो । सिरिजका दुवै खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रर्दशन गरेका थिए ।आईसीसी टी-२० विश्वकपको तयारीमा रहेका दुवै टोली यस खेलमार्फत आफ्नो क्षमता परीक्षण गरिरहेका छन् ।