इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले सानदार जित दर्ता गरेको छ ।
सोमबार राती भएको खेलमा कोलकाताले दिल्लीविरुद्ध ७ विकेटको सानदार जित निकालेको हो। दिल्लीले दिएको १५४ रनको लक्ष्य कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
कोलकताका लागि ओपनर फिल सल्टले सर्वाधिक ६८ रन बनाए । त्यस्तै कप्तान श्रीयस ऐयर ३३ र वेंकटेश ऐयरले नट आउट २६ रन बनाए । सुनिल नारायणले १५ रन र रिंकु सिंहले ११ रनको योगदान दिए ।
















