इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् ।
यहाँ आइतबार दिउँसोबाट साँझसम्म नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता बनाएका थिए । तर ४ नम्बर र ५ वडाको मत गनिसकेपछि एमालेका सुहाङले ७८० मतको फराकिलो अग्रता बनाएका हुन् । फाकफोकथुम वडा नम्बर ५ मा सुहाङलाई ७०७ मत खसेको छ । उता नेपाली कांग्रेसका डम्बरको पक्षमा २७२ मत मात्रै झरेको छ ।
यसअघि सुहाङलाई अग्रता दिलाएको वडा नम्बर ४ मा ९१२ मत खसेको थियो । त्यहाँ कांग्रेसका डम्बरलाई ५३९ मत खसेको थियो ।
















