भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद बिहिबार बैशाख १४ गते दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको मतदान बैशाख ७ गते २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा भएको थियो । भारतमा अहिले अत्यधिक गर्मी छ । कतिपय राज्यउमा लु चलिरहेको छ ।
दोस्रो चरणमा १३ राज्यका ८८ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यसमा केरलाका २०, कर्नाटकका १४, राजस्थानका १३ र उत्तर प्रदेशका ८ निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।
त्यसैगरी महाराष्ट्रका ८, मध्यप्रदेशका ६ र बिहार तथा आसाममा ५(५ सीटमा बिहिबार मतदान हुनेछ । छत्तीसगठ र पश्चिम बंगालका ३(३ सिटमा बिहिबार मतदान हुनेछ । जम्मु कस्मिर र त्रिपुराका एक(एक सिटमा दोस्रो चरणको मतदान हुँदैछ । बैशाख ७ देखि सुरु भएको भारतीय लोकसभाको चुनाव ७ चरणमा सकिने छ ।
















