इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित निकालेको छ। एमए चिदम्बरम स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २११ रनको लक्ष्य लखनउले ३ बल बाँकी हुँदा चार विकेटको क्षतिमा २१३ रन बनाएर पूरा गरेको हो।
लखनउको जितका लागि मार्कस स्टोनिसले नटआउट शतकीय पारी खेले। उनले ६३ बलको सामना गर्दा १३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक १२४ रन बनाएका हुन्। लखनउका लागि निकोलस पुरन ३४, कप्तान केएल राहुल १६ र देवदत्त पडिक्कल १३ रनम आउट हुँदा दीपक हुड्डा १७ रनमा नटआउट रहे।






















