साझेदारी गर्नुहोस्

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा अमिर थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् ।भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् ।

वार्तापछि  द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई देशबिच विकास साझेदारीलगायतका एजेण्डामा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् । कतारबाट सरकारी टोली आएर एजेण्डालगायका विषयमा छलफल गरेर फर्की सकेको छ ।