साझेदारी गर्नुहोस्

सुदूरपश्चिम सरकारविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका चौधरीले आइतबार रिट दायर गरेका हुन् । रिटमा संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनका लागि गरिएको आह्वान अनुरूप दाबी प्रस्तुत भइसकेपछि प्रदेश प्रमुखले आफूसँग नभएको अधिकार प्रयोग गरी समर्थन फिर्ताका लागि अवसर दिएर पुनस् आह्वान गरेको उल्लेख छ ।चौधरीले प्रदेश प्रमुखबाट भएको ‘असंवैधानिक काम’ अन्तरिम आदेशबाट बदर गर्न माग गरेका छन् । उनले मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्नुपर्ने पनि माग राखेका छन् ।