साझेदारी गर्नुहोस्

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । शुक्रबार रुपन्देही जिल्ला अदालतले पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिएका छन् । धरौटी जम्मा गरेपछि उनी रिहा हुने छन् ।

सुप्रिम सहकारी ठगि प्रकरणमा जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका थिए ।