साझेदारी गर्नुहोस्

अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएलको यस सिजनबाट बाहिरिने निर्णय गरेका छन् ।

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरूबाट खेलिरहेका म्याक्सवेलले आइपिएलबाट अनिश्चितकालीन विश्राम लिने निर्णय गरेको जानकारी गराएका हुन् । सोमबार राति सनराइजर्स हैदरावादसँग बैंगलुरुको हारपछि म्याक्सवेलले सो जानकारी गराएका हुन् ।

खराब फर्मका कारण म्याक्सवेलले यो सिजन निकै आलोचनाको सामना गर्नु परेको छ । उनी सनराइजर्सविरुद्धको प्लेइङ–११ मा पनि सहभागी भएनन् । उनको स्थानमा विल ज्याकले प्लेइङ–११ मा खेलेका थिए । म्याच पछि, म्याक्सवेलले आफैंले कप्तान फाफ डुप्लेसिसलाई अरू कसैलाई टिममा राख्न आग्रह गरेको बताएका थिए ।

म्याक्सवेलले अहिले आफ्नो मानसिक र शारीरिक अवस्था राम्रो नभएको बताए । त्यसैले उनले विश्राम लिने निर्णय गरेको बताए । तर, म्याक्सवेलले आइपिएल कहिलेसम्म नखेल्ने वा अर्को सिजनमा पनि पुनरागमन गर्ने नगर्ने भन्नेबारे भने केही बताएनन् ।