साझेदारी गर्नुहोस्

उद्योगहरूले दैनिक १० देखि १२ घण्टासम्म लोडसेडिङ खेपिरहनु परेको छ । उद्योगीहरूले विद्युत प्राधिकरणसँग आफूलाई लोडसेडिङ हुने समयको तालिका माग गर्दा समेत प्राधिकरणले नदिएको आरोप लगाएका छन् । उद्योगीहरू दोहोरो मारमा परेको गुनासो गरिरहेका छन् ।

विराटनगर, वीरगन्ज, बुटवल, भैरहवा र बर्दघाट क्षेत्र आसपासका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति अघोषित रुपमा अवरुद्ध भइरहेको त्यहाँका उद्योगिहरु बताउँछन् ।