नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो ।
आज तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता शेयर ६१ हजार चार सय २० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।