साझेदारी गर्नुहोस्

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच कानूनीरुपमै सम्बन्ध विच्छेद भएको छ ।  ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् । अदालतको वेबसाइटमा उनीहरुबीच सम्बन्ध विच्छेदको मिलापत्र भएको उल्लेख छ । आपसी सहमतिमै उनीहरुले डिभोर्स गरेको जनाइएको छ ।

२०७७ सालमा दुईबिच कोर्ट म्यारिज भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेका थिए । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।