साझेदारी गर्नुहोस्

सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ।  वैवाहिक बलात्कारको आरोप लागेका उनलाई बुधबार न्यायाधीशहरू हरि फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।

 

 

आरतीले श्रीमान्विरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो। पछि उनी धरौटीमा रिहा भएका थिए।