साझेदारी गर्नुहोस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चैत २७ गतेसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने चेतावनी दिएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा सुरुमै समय लिएर बोल्दै कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले  सरकारलाई अल्टिमेटमदिएका हुन् । उनले सरकार आफ्नो पार्टीले उठाएको मागमा गम्भीर नभएको पनि गुनासो गरे ।

उनले भने , ‘सरकारले अर्को बैठकमा आउँदै गर्दा संसदीय छानबिन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँबायाँ हुने वाला छैनौं ।’ कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्रीको नामसमेत जोडिएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर प्रधानमन्त्रीले भने संसदमा बोल्दै लामिछाने निर्दोष रहेको बताएपछि कांग्रेस झन चिढिएको छ ।  विगतमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री लामिछाने निर्दोष रहेको बताएको र त्यस्तो जवाफले शंका उब्जाएको शर्माले बताए ।