साझेदारी गर्नुहोस्

नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकाशित गरेको हो ।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड (च) अनुसार कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका चार प्रहरी सहायक निरीक्षकसहितका २३ कर्मचारी रहेका छन् ।